
१५ जेठ, काठमाडौं । देशभरि २० लाख ७९ हजार ४ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।
आर्थिक सर्वेक्षण २०८१/८२ प्रतिवेदन अनुसार फागुन २०८१ सम्म उक्त संख्यामा श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन् ।
यस अवधिमा औपचारिक क्षेत्रका ५ लाख ६८ हजार १ सय ८८, वैदेशिक रोजगारीमा रहेका १५ लाख १० हजार ६३, अनौपचारिक क्षेत्रमा ४ सय ४६ र स्वरोजगार ३ सय ७ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन् ।
यो अवधिमा २० हजार २ सय ४४ रोजगारदाता सूचिकृत भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4