+
+
Shares

सुनचाँदी, तामा, फलाम उत्पादन तालिमका लागि ५० करोड विनियोजन

आधुनिक प्रविधि प्रयोग गरी सुन, चाँदी, काँस, तामा, फलाम, छाला, काठ पत्थर लगायत सामग्री उत्पादन र बजारीकरण गर्न पूँजीगत अनुदान, सहुलियतपूर्ण कर्जा र सिप विकासका लागि तालिम उपलब्ध गराउन ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:१०

१५ जेठ, काठमाडौं । सरकारले दलित समुदायको परम्परागत सिप, कला र पेसा संरक्षण गर्दै रोजगारी र आयको अवस्था सिर्जना गर्न ‘भगत सर्वजित उद्यमशिलता कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले आधुनिक प्रविधि प्रयोग गरी सुन, चाँदी, काँस, तामा, फलाम, छाला, काठ पत्थर लगायत सामग्री उत्पादन र बजारीकरण गर्न पूँजीगत अनुदान, सहुलियतपूर्ण कर्जा र सिप विकासका लागि तालिम उपलब्ध गराउन ५० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?