+
+
Shares

बजेटले निजी क्षेत्रलाई ड्राइभिङ सिटमा राखेर महत्व दिएको छ : चन्द्र ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १८:०७

१५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूहरूले दिएका अधिकांश सुझावहरू बजेटमा समेटिएको भन्दै खुसी व्यक्त गरेका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीलाई बजेटबारे प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिलेको बजेटले निजी क्षेत्रलाई ड्राइभिङ सिटमा राखेर महत्त्व दिनुभएको छ । त्यो हिसाबले पनि अगाडिभन्दा फरक हुन्छ भन्ने आशा हो,’ ढकालले प्रतिक्रियाका क्रममा भने ।

साथै, उनले महासंघले महत्त्वकांक्षी बनाउने जस्तो भए पनि कार्यान्वयनको पाटोमा ध्यान दिन आग्रह गरे ।

‘महासंघले दिएका सुझावमध्ये बजेटमा धेरै समेटिएको छ । बजेटहरू सरसर्ती आउँदा पढ्ने बेलामा राम्रै जस्तो लाग्छ,’ ढकालले थपे, ‘कार्यान्वयन चाहिँ त्यो अनुसार नहुने हुन्छ । महासंघले त्यसलाई हेरेर बाँकी कुरा भन्छ ।’

उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझाव पनि कार्यान्वयन गर्दै जानुपर्ने अवस्था रहेको उनले बताए ।

वृद्धभत्ताको उमेर ७० वर्ष पुर्‍याउने सुझाव आफूहरूले दिएको उनले बताए ।

‘सामाजिक सुरक्षा भत्ता ७० वर्ष बनाउने हाम्रो सुझाव थियो । निजी क्षेत्र उत्साहित छ । लगानीको वातावरण पनि बढ्छ,’ उनले भने, ‘राजस्वको लक्ष्य महत्वकांक्षीजस्तो देखिन्छ । राजस्व संकलनको कुरा गर्दा व्यावसायिक गतिविधि बढाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?