
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने घोषणा गरे।
- उनले ब्रोडब्याड सेवाको विस्तार र फोरजी तथा फाइभजी सेवाको पहुँच सुधारमा जोड दिए।
- साथै, मोबामाइल सेटहरूको अवैध आयात रोक्न आईएमईआई दर्ता अनिवार्य गर्ने व्यवस्था मिलाउने बताए।
१५ जेठ, काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ ।
बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्री पौडेलले भने, ‘ सूचना प्रविधिको पहुँच विस्तार गरी डिजिटल डिभाइस न्यूनीकरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गरिनेछ ।’
उनले ब्रोडब्याड सेवाको विस्तार गरिने बताउँदै देशरभर फोरजी सेवाको पहुँच विस्तार तथा गुणस्तर सुधारमा जोड दिए ।
साथै, काठमाडौं उपत्यका र देशका ठूला शहरी क्षेत्रमा फाइभजी सेवा सुरुवात गर्ने उनले बताए ।
यस्तै, मोबाइल सेटहरूको अवैध आयात र प्रयोगमा रोक लगाउन आईएमईआई दर्ता गर्नुपर्ने व्यस्था मिलाउने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4