
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले भारतीय पर्यटकले ल्याउन सक्ने सीमा २५ हजार रुपैयाँ हटाएको छ।
- आगामी आर्थिक वर्षको बजेटले ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा ल्याउने व्यवस्था गरेको छ।
- बजेटले सीमा बढी भएमा भन्सारमा घोषणा गरी ल्याउन सहज बनाउने उल्लेख गरेको छ।
१६ जेठ, काठमाडौं । सरकारले भारतीय पर्यटकले साथमा ल्याउन पाउने २५ हजारको सीमा हटाएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेको छ ।
त्यसभन्दा बढी रकम समेत अब भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिने समेत बजेटमा उल्लेख छ ।
भारत बाहेक देशका नागरिकले भने ५ हजार डलरसम्मको मुद्रा ल्याउन पाउने प्रावधान यसअघि नै थियो । बजेटको यो प्रावधानले पर्यटकलाई सुविधा तथा खर्च गर्ने क्षमता बढाउने होटल एसोसिएसन नेपाल (हान) ले जनाएको छ ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघले भारतीय पर्यटकलाई यो सीमा अन्य विदेशी पर्यटक सरह पुर्याउन माग गर्दै अर्थमन्त्रीलाई सुझाव दिएको थियो ।
प्रतिक्रिया 4