 
																			नेदरल्याण्डले बेल्जियममाथि हावा चोरेको आरोप लगाएको छ । डच मौसम पूर्वानुमान कम्पनी ध्जषाभि का प्रमुख रेम्को भेर्जाइलबर्गले त्यस्तो रोचक र विवादास्पद दाबी गरेका हुन् ।
उनका अनुसार उत्तर सागरमा रहेका बेल्जियमका वायुउर्जा उत्पादन गर्ने वायुचक्की (विन्ड टर्बाइन) हरुले नेदरल्याण्डका वायु चक्कीहरुबाट हावा चोरिरहेका छन् ।
एक बेल्जियन मिडियासँग कुरा गर्दै भेर्जाइलबर्गले भनेका छन् : बेल्जियन वायुउर्जा उत्पादन केन्द्रहरुको स्थान डच वायुचक्कीको भन्दा अनुकुल स्थानमा रहेको छ । बेल्जियन वायुचक्कीहरु डच वायुचक्की भन्दा अगाडि पर्ने भएकाले हाम्रो ३ प्रतिशतसम्म वायुउर्जा अवरुद्ध भइरहेको छ ।
उनका अनुसार वायुचक्कीहरु हावाबाट ऊर्जा निकाल्ने बनावटमा बनाइन्छ। त्यसैले कुनै वायु टर्बाइनको पछाडि हावा निकै कम गतिमा बग्ने गर्छ। धेरै वायुचक्कीहरु एउटै स्थानमा हुँदा त्यस क्षेत्रको हावाको गति अझै कम हुन्छ ।
भेर्जाइलबर्गका अनुसार यस प्रक्रियालाई ‘वेक इफेक्ट’ वा ‘विन्ड श्याडो’ भनिन्छ, जुन वैज्ञानिक रूपमा प्रमाणित र प्रचलित तथ्य हो । उनका अनुसार बेल्जियन वायु टर्बाइनहरू प्रायः डच टर्बाइनको दक्षिण-पश्चिमतर्फ छन् । हावाको बहाव पनि प्रायः सोही दिशाबाट हुने भएकाले ती वायुचक्कीहरुले नेदरल्याण्डका वायुचक्की सम्म आइपुग्ने हावामा प्रत्यक्ष असर पर्छ।
अन्तर्राष्ट्रिय समन्वयको माग
डच मौसम विज्ञका अुनसार उत्तर सागरमा जतिधेरै विन्ड टर्बाइनहरु थपिँदै छन्, हावा चोरिने वा छेकिने समस्या झन गम्भीर बन्दै जानेछ। त्यसैले भविष्यमा यहीँ विषयमा अन्तर्राष्ट्रिय विवाद नहोस् भन्नका लागि प्रष्ट योजनाबद्धता र समन्वयको खाँचो रहेको उनको भनाइ छ ।
यदि योजना नबनाएमा भविष्यमा पानीमाथिको दौडजस्तै स्थिति आउन सक्छ, जसमा पहिले दौडिने मात्र सफल हुन्छ । अर्थात् जसले सुरुमा वायुचक्की राख्छ उसले मात्र प्रभावकारी हावा प्राप्त गर्नेछ। -एजेन्सी
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4