+
+
Shares

नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक : चन्द्र ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १७ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्नेगरी आगामी आर्थिक वर्षको बजेट आएको बताए।
  • उनले नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय महत्त्वपूर्ण र ऐतिहासिक भएको बताए।
  • उनले बजेट कार्यान्वयन, खनिज र नदीजन्य पदार्थको उत्खनन, पर्यटन र लगानी प्रक्रियामा सुधार आवश्यक रहेको बताए।

१७ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्नेगरी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुुन् ।

नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्त्वपूर्ण र ऐतिहासिक भएको पनि उनले बताए । समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको उनको भनाइ छ ।

राम्रो निर्णय लिनका लागि निजी क्षेत्र सधैं सरकारको साथमा रहेको उनले बताए ।

अब साधन स्रोत परिचालन गर्ने ठाउँमा ध्यान दिनुपर्ने उनको भनाइ छ । बजेटमा आएका कुराहरूलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने पनि उनले बताए ।

उनले खनिजजन्य र नदीजन्य पदार्थको उत्खननमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्नका लागि सरकार डराउन नहुने उनको भनाइ थियो ।

यस्तै, पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकोमा उनले खुसी व्यक्त गरे । तर, टीडीएस र करले गर्दा पर्यटकको लागत बढेको हुदाँ यसमा पनि सहज बनाउन आवश्यक रहेको उनले बताए ।

बजेट मार्फत लगानी बोर्डलाई शक्तिशाली बनाएकोमा खुसी व्यक्त गर्दै उनले लगानीकर्ताहरुलाई एकद्वार भन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त गराउनुपर्ने बताए ।

यस्तै, उनले मौद्रिक नीति र बजेट बीच तालमेल मिलेमा उचित नतिजा आउने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?