+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अनलाइनखबरकर्मी चौलागाईंलाई ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १७ गते १७:०६

१७ जेठ, काठमाडौं । अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले यस वर्षको ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ प्राप्त गरेका छन् ।

विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौलागाईंसहित ७ जनालाई सो सम्मान गरेको हो । झण्डै एक दशकदेखि पत्रकारितामा सक्रिय चौलागाईं अनलाइनखबरमा झण्डै ४ वर्षदेखि स्वास्थ्य बिटमा रिपोर्टिङ गरिरहेका छन् ।

सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण न्यूनीकरण गर्न अनुसन्धानमूलक लेख, रचना, समाचार प्रकाशन तथा प्रसारण, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा निरन्तर पैरवी गरेवापत सम्मानित गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी रामप्रसाद न्यौपाने (नेपाली हेल्थ) , डा. तारासिंह बम (भाइटल स्ट्राटेजी), कल्पना आचार्य (हेल्थ टिभी अनलाइन), बुद्धि कट्टेल (मेडिकल पत्र), रूद्र कडरिया (क्यान्सर काउन्सिल नेपाल) र लक्ष्मीनारायण देवलाई पनि पुरस्कारसहित सम्मान गरिएको छ ।

संघसंस्थाबाट भने क्यान्सर परिषद् नेपाललाई सम्मान गरिएको छ ।

पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?