+
+
Shares

नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं : एमाले सांसद थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १३:११

१९ जेठ, काठमाडौं । नेकपा एमाले सांसद सुर्यबहादुर थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न गभर्नरलाई सुझाव दिएका छन् । यसो भए नेपाली नोटको महत्व बढ्ने उनको भनाइ छ ।

सोमबार अर्थ समितिको बैठकमा बोल्दै थापाले राष्ट्र एकीकरण गर्नेको तस्वीर नोटमा हुनुपर्ने धारणा राखे । आफू राजावादी नभएको प्रष्टीकरण दिँदै थापाले भने, ‘म गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’

उनले नेपाली नोटमा शान्तिका दूत गौतम बुद्धको फोटो समेत राख्नुपर्ने बताए । बैठकमा नवनियुक्त गभर्नर विश्वनाथ पौडेलसमेत सहभागी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?