+
+
Shares

विश्व बैंकको प्राथमिकता रोजगार सृजना र भवनहरूको प्रतिरोधात्मक क्षमता विकास

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व बैंकले नयाँ कन्ट्री पार्टनरसीप फ्रेमवर्क सुरु गरी ७ वर्षका लागि ३ खर्ब ६८ अर्ब रुपैयाँ सहयोग गर्ने योजना बनाएको हो।
  • उहाँले बताए, ‘नेपालको दिगो र टिकाउ विकासका लागि जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमहरू आवश्यक छन्।’
  • फ्रेमवर्कको पहिलो चरणमा नीतिगत सुधार, पर्यटन, प्राविधिक सञ्जाल र संयुक्त सहरी विकासलाई प्राथमिकता दिइनेछ।.

२० जेठ, काठमाडौं। विश्व बैंकले नयाँ कन्ट्री पार्टनरसीप फ्रेमवर्कमा सुरु गरेका छ । आगामी ७ वर्षको उक्त फ्रेमवर्कले रोजगारी सृजना र भवनहरुको प्राकृतिक प्रकोप प्रतिरोधात्मक क्षमतामा केन्द्रित हुने विश्व बैंक नेपालले जनाएको हो ।

विश्व बैंकको आगामी कार्यक्रमहरू जलवायु परिवर्तनसँग सम्बन्धित हुनेछ । ‘रोजगारी सृजना गर्नु मात्रै हाम्रो उद्देश्य होइन,’ विश्व बैंकका कन्ट्री डिभिजन डारेक्टर डेभिड सिसलेनले भने, ‘नेपालको दिगो र टिकाउ विकासका लागि पनि यो आवश्यक छ ।’

विश्व बैंकसँगको विगत ६० वर्षभन्दा पुरोना सहकार्यले नेपालको विकासमा साझोदारको तथा निजी क्षेत्रका समस्याहरूको समाधानमा काम गर्दै आएको पनि उनले बताए ।

यस फ्रेमवर्क अन्तरगत विश्व बैंकले कुल ३ खर्ब ६८ अर्ब रुपैयाँ सहयोग गर्नेछ । यो रकम रोजगार सृजना, सबल सञ्जाल र सेवामा पहुँचलगायतका उपलब्धिका लागि परिचालन हुनेछ । साथै प्रकृतिक प्रकोपको प्रतिरोधात्मक क्षमता बढाउन र जलवायु जोखिमको न्यूनीकरणका लागि पनि परिचालन हुनेछ ।

फ्रेमवर्कको पहिलो चरणमा नीतिगत सुधार, पर्यटन, प्राविधिक सञ्जाल, संयुक्त सहरी विकास जस्ता रोजगार सृजनाका इन्जिनको रुपमा रहेका क्षेत्रलाई प्राथमिकतामा राखिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?