
News Summary
Generated by OK AI. Editorially reviewed.- राइड सेयरिङ व्यवसायीले यातायात व्यवसायीसँग संघीय सरकारले गरेको सहमति पालना नगर्न गण्डकी प्रदेश सरकारसँग अनुरोध गरेका छन्।
- संघीय सरकारको सिन्डिकेटलाई प्रश्रय दिने सहमति यथाशीघ्र फिर्ता नगरेमा कडा आन्दोलन गर्न आफूहरू बाध्य हुने उनीहरूको चेतावनी छ ।
२० जेठ, पोखरा । सेल्फ ड्राइभ तथा राइड सेयरिङ व्यवसायीले गण्डकी प्रदेश सरकारले ल्याएको सेल्फ ड्राइभ तथा राइड सेयरिङसम्बन्धी ऐन २०८२ स्थगित गर्ने तयारीप्रति गम्भीर आपत्ति जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशलाई राइड सेयरिङ व्यवसायीले लेखेको ध्यानाकर्षण पत्रमा यस्तो आपत्ति जनाइएको हो ।
औद्योगिक व्यवस्था ऐन २०७६ अनुसार दर्ता भई व्यवसाय सञ्चालन गर्दै आएको तर इजाजत पत्र प्राप्त गर्न नसक्दा राज्यलाई कर मात्र तिर्न आफूहरू बाध्य भएको व्यवसायीहरूको भनाइ छ ।
गण्डकी प्रदेश सरकारले जारी गरेको नियमावलीले ३५/४० वर्षपछि आफूहरूको माग सम्बोधन भएको अवस्थामा संघीय सरकारले संघीयताको मर्म विपरीत प्रदेश सरकारमाथि गर्न खोजेको हस्तक्षेप प्रति आफूहरूको पूर्ण असहमति रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
संघीय सरकारले यातायात व्यवसायीहरूसँग गरेको सहमति पालना नगर्न उनीहरूले प्रदेश सरकारसँग अनुरोध समेत गरेको छ ।
साथै संघीय सरकारको सिन्डिकेटलाई प्रश्रय दिने सहमति यथाशीघ्र फिर्ता नगरेमा कडा आन्दोलन गर्न आफूहरू बाध्य हुने ध्यानाकर्षण पत्रमा छ ।
गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली स्थगित गर्न सरकारले मंगलबार साँझ मात्रै पत्र पठाएको छ। उक्त पत्रबारे अहिले मुख्यमन्त्री कार्यालयमा छलफल भइरहेको छ ।
हेर्नुहोस् ध्यानाकर्षण पत्र :
प्रतिक्रिया 4