
News Summary
Generated by OK AI. Editorially reviewed.- संखुवासभाबाट प्रहरीले डेढ किलोभन्दा बढी यार्सा सहित ऐनबहादुर शाहीलाई पक्राउ गर्यो।
- उनी खाँदबारीबाट जुम्लाको सिंजा गाउँपालिका–३ बाट पक्राउ परेका हुन्।
- प्रहरीले उनीसँग २५ हजार ४ सय ३० नेपाली र ७ सय ३० भारतीय रुपैयाँ समेत बरामद गरेको छ।
२० जेठ, विराटनगर । संखुवासभाबाट प्रहरीले डेढ किलो भन्दा बढी यार्सा गुम्बासहित एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार खाँदबारी नगरपालिका–३ सुमन चोकबाट जुम्लाको सिंजा गाउँपालिका–३ घर भएका ४६ वर्षीय ऐनबहादुर शाहीलाई पक्राउ गरेको हो ।
उनको साथबाट १ किलो ६ सय ७० ग्राम यार्सा गुम्बा बरामद भएको संखुवासभा प्रहरी प्रहरी प्रवक्ता निरीक्षक अभिषेककुमार श्रेष्ठले जानकारी दिए । को. १ज २६३१ नम्बरको भाडाको बोलेरो गाडीमा मकालु गाउँपालिका–५ नुमबाट सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
शाहीको साथबाट नेपाली २५ हजार ४ सय ३० रूपैयाँ र भारतीय ७ सय ३० रूपैयाँसमेत बरामद भएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए । प्रहरीले पक्राउ गरेर उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय संखुवासभाको जिम्मा लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4