+
+
Shares

स्वास्थ्य संस्थालाई करोडौंको अनुदान, पहुँच हुनेलाई प्राथमिकता

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य क्षेत्रका संघ–संस्थाहरूलाई अनुदान दिने निर्णय गरेको छ।
  • बजेटमा अस्पताल र स्वास्थ्य संस्थाहरूको पूर्वाधार विकास र कार्यक्रम सञ्चालनका लागि उल्लेख्य रकम छुट्याइएको हो।
  • मन्त्रालयका अधिकारीका अनुसार पहुँचका आधारमा नै अनुदान दिने संस्थाको सूची तयार हुने बताउँछन् ।

२२ जेठ,काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य क्षेत्रका विभिन्न संघ–संस्थाहरूलाई आर्थिक अनुदान उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुको पूर्वाधार विकास र विभिन्न कार्यक्रम सञ्चालनका लागि उल्लेख्य रकम छुट्याइएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, कीर्तिपुरस्थित बर्न अस्पतालको पूर्वाधार विकासका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी डा. भगवान कोइरालाको नेतृत्वमा निर्माणधीन काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५ करोड रुपैयाँ अनुदान प्रदान गरिने छ ।

यसैगरी, धुलिखेल अस्पताललाई ७ करोड, रण अम्बिका आँखा अस्पताललाई ८ करोड, नेपाल आयुर्वेद चिकित्सक संघलाई ९ लाख, नेपाल चिकित्सक संघलाई ८१ लाख, नेपाल जनस्वास्थ्य संघलाई १३ लाख ५० हजार, निजामती श्रीमती संघलाई २२ लाख ५० हजार, र नेपाल नर्सिङ संघलाई १३ लाख ५० हजार रुपैयाँ अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ ।

मन्त्रालयका अधिकारीका अनुसार पहुँचका आधारमा नै अनुदान दिने संस्थाको सूची तयार हुने बताउँछन् । अनुदान लिने अधिकांश संस्थाको अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म पहुँच हुने गरेको ती अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?