News Summary
Generated by OK AI. Editorially reviewed.- नेदरल्याण्डको राष्ट्रिय संग्रहालयमा २०० वर्ष पुरानो भेडाको आन्द्राबाट बनेको कण्डम प्रदर्शनीमा राखिएको छ।
 - यस कण्डममा फ्रेन्च कलाकार पियरे-अगस्टे रेन्वारको चित्रसँग सम्बन्धित वाक्य लेखिएको छ, जसले यौन स्वास्थ्य र सांस्कृतिक कथा दर्शाउँछ।
 - संग्रहालयले यस प्रदर्शनीमार्फत अतीतको यौन चेतना र सामाजिक सोचाइबारे नयाँ दृष्टिकोण दिन खोजेको छ।
 
संग्रहालयहरुमा ऐतिहासिक तथा पुरातात्विक वस्तुहरू संरक्षण तथा प्रदर्शन गरेर राखिन्छ। तर, एउटा संग्रहालयमा भने कण्डमलाई प्रदर्शनीमा राखिएको छ। यो सुन्दा अचम्म लाग्न सक्छ, तर यथार्थ हो।
अझ रोचक कुरा त के छ भने यो कुनै साधारण कण्डम होइन, झण्डै २०० वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको वस्तु हो । यसको पछाडि एक विशेष सांस्कृतिक कथा लुकेको छ, जसले गर्दा यसलाई संग्रहालयमा प्रदर्शनीका लागि योग्य मात्र होइन विशेष नै बनाएको छ ।
२०० वर्ष पुरानो कण्डम
नेदरल्याण्डको राष्ट्रिय संग्रहालय (रीक्स म्युजियम)मा हालसालै प्रदर्शनीका लागि राखिएको यो कण्डम करिब सन् १८३० तिरको हो । यो कण्डम भेडाको आन्द्राबाट बनाइएको हो । त्यस समयका यौन व्यवसाय हुने क्षेत्र अर्थात ‘रेड लाइट’ एरियाको सांस्कृतिक पृष्ठभूमिलाई समेट्ने चित्रकलासँग यसको सम्बन्ध छ ।
यसमा एउटा विशेष चित्र बनाइएको छ, जसले त्यतिबेलाको समाज, यौन स्वास्थ्य र त्यससँग सम्बन्धित चुनौतीहरूबारे जनचेतना दिन खोजिएको देखिन्छ । संग्रहालयका अनुसार, यस्तो कण्डम त्यसबेला यौन रोगहरूबाट जोगिन प्रयोग गरिन्थ्यो ।
‘रेड लाइट’ संस्कृति र जनस्वास्थ्य चेतना
१९औं शताब्दीमा यौन सम्पर्क र रेड लाइट क्षेत्रसँग सम्बन्धित रोगहरूको जोखिमबारे त्यतिबेला पनि मानिसहरू सचेत थिए भन्ने कुरालाई यस कण्डमले देखाउँछ। त्यसै सन्दर्भमा संग्रहालयले सो प्रदर्शनी आयोजना गरेको हो, जसमा त्यस युगका अन्य केही विशेष सामग्रीहरू पनि प्रदर्शनमा राखिएको छ ।
उक्त कण्डममा फ्रेन्च भाषामा “C’est mon choix” अर्थात् ‘यो मेरो रोजाइ हो’ भन्ने वाक्य लेखिएको छ। यो चित्रकला प्रसिद्ध फ्रेन्च कलाकार पियरे-अगस्टे रेन्वारको The Judgement of Paris नामक चित्रकला सँग सम्बन्धित छ। यस चित्रमा ट्रोजन राजकुमार पेरिसले तीन देवीहरूबीचको सौन्दर्य प्रतियोगिता निर्णय गरिरहेको देखाइएको छ ।
यो कण्डम सम्भवतस् रेड लाइट एरियाबाट स्मृति चिह्नका रूपमा सङ्ग्रह गरिएको हो, जसले एउटा युग, संस्कार, र यौन चेतनाको गहिरो संकेत दिन्छ। हालै सुरू भएको यो प्रदर्शनीले अतीतको यौन स्वास्थ्य चेतना र सांस्कृतिक सोचाइबारे नयाँ दृष्टिकोण दिन खोजेको छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4