
News Summary
Generated by OK AI. Editorially reviewed.- सदर चिडियाखानामा चितवनबाट ल्याइएको ३ वर्षको गैंडा राखिएको छ।
- वन मन्त्रालय र राष्ट्रिय निकुञ्जले अर्को गैंडा ल्याउने योजना बनाएका छन्।
- गैंडालाई विश्व वातावरण दिवसका अवसरमा प्रदर्शनमा राखिएको हो।
२२ जेठ, काठमाडौं । ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैंडा थपिएको छ ।
चितवनबाट ल्याइएको गैंडालाई विश्व वातावरण दिवसका अवसर पारेर बिहीबार जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो ।
चिडियाखानामा एउटामात्रै गैंडा भएपछि वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज बिभागको प्रयासमा अर्को गैडा थप गरिएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।
बिहीबारदेखि नै प्रदर्शनमा राखिएको उक्त गैंडाको उमेर ३ बर्षको रहेको उनले बताए ।
सदर चिडियाखानाले दुईवटा गैंडा माग गरेकोमा अर्को गैंडा छिटै आउने प्रमुख साहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4