News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ।
 - यसअघि एसएसपी रमेश थापाले सहप्रवक्ता जिम्मेवारी सम्हाल्दै आएका थिए।
 - डीआईजीमा बढुवा भएपछि घिमिरेलाई यो जिम्मेवारी सुम्पिएको हो।
 
२२ जेठ, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
प्रहरी प्रधान कार्यालय बिहीबार एक सूचना जारी गर्दै घिमिरेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको बताएको छ ।
यसअघि केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी रमेश थापाले भने सहप्रवक्ताको जिम्मेवारी पाएका छन् ।
प्रहरीमा डीआईजी केन्द्रीय प्रवक्ता हुने भएपछि त्यतिबेला डीआईजी नभएकाले यसअघि एसएसपी थापालाई यो जिम्मेवारी दिइएको थियो ।
अहिले भने डीआईजीमा बढुवा भएकाले घिमिरेलाई यो जिम्मेवारी दिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4