
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीले पार्टीविरुद्ध हुने षड्यन्त्रको प्रतिवाद गर्ने घोषणा गरेको छ।
- महासचिव घनश्याम भुसालले सरकारबाट हुने कुनै पनि षड्यन्त्रको प्रतिवाद गर्ने बताए।
- पार्टीले पतञ्जलि जग्गा प्रकरणमा पार्टीविरुद्ध षड्यन्त्र एकीकृत समाजवादीको आरोप छ।
२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी र नेतृत्वविरुद्ध हुने कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिने बताएको छ ।
पार्टी महासचिव घनश्याम भुसालले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारबाट हुने कुनै पनि षड्यन्त्रको प्रतिवाद गर्ने जनाएका हुन् ।
‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षडयन्त्रहरू गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौं,’ भुसालले भनेका छन्, ‘यो हाम्राविरुद्ध षड्यन्त्र अर्को घटना हो भन्ने हाम्रो ठहर छ । यस्तो कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिनेछ ।’
पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसलाई एकीकृत समाजवादीले पार्टीविरुद्धको षड्यन्त्र भनेको हो ।
विज्ञप्तिमा भुसालले पार्टी अध्यक्षले नै कुनै कमजोरी नगरेको बताएको भन्दै कानुनी प्रक्रियाको सामना गर्ने स्पष्ट पारेका छन् ।
‘यस घटनालाई स्वयं पार्टी अध्यक्ष माधवकुमार नेपालले नबिराउनु, नडराउनु भनेर आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गर्नु भएको छ । र, त्यसरी नै कानुनी प्रक्रियाको सामना गर्ने दृढता व्यक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दाका बारेमा गरिने कुनै पनि कुप्रचार र भ्रममा नपर्न पार्टी पंक्ति र जनसमुदायलाई अनुरोध गरिन्छ ।’
प्रतिक्रिया 4