
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले नागढुंगाबाट भारतको पश्चिम बंगालका महादेव सामान्तलाई ४५ लाखभन्दा बढीको अवैध सुनसहित पक्राउ गरेको छ।
- उनी काठमाडौं आउँदै गरेको बसबाट २७४.८३ ग्राम सुन बरामद भएको हो।
- उनीलाई सुनसहित भन्सार कार्यालय गौचर पठाइएको छ।
२३ जेठ, काठमाडौं । ४५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त छन् । उनलाई प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा. प्र. ०३–००१ ख ३१३९ नम्बरको बसमा काठमाडौं आउँदै थिए । सोही क्रममा उनीबाट २७४.८३ ग्राम अवैध सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त सुनको बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ हुन आउँछ । पक्राउ परेका उनलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4