+
+
Shares

टिचिङ अस्पतालमा १०० जना नर्सका लागि रोजगारीको अवसर

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १३:२५

२३ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल), महाराजगञ्जले नर्सिङ पेशामा रोजगारीको ठूलो अवसर प्रदान गर्दै करार सेवामा १०० जना नर्स भर्ना गर्ने भएको छ ।

अस्पतालले आज सूचना प्रकाशित गर्दै आन्तरिक स्रोतबाट तलब–भत्ता उपलब्ध गराई रिक्त अस्थायी दरबन्दीमा नर्स पदको लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।

नर्सिङ विषयमा प्रमाणपत्र तह वा बीएससी नर्सिङ उत्तीर्ण गरेका योग्य उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् । आवेदन दिन इच्छुकले आगामी २५ जेठ (जुन ८) देखि १ असार (जुन १५) बेलुका ५ बजेसम्म अस्पतालमा आवेदन दर्ता गराउन सक्नेछन् ।

अस्पतालका अनुसार, पुरुष उम्मेदवारको लागि अधिकतम उमेर सीमा ४० वर्ष र महिला उम्मेदवारको लागि ४५ वर्ष तोकिएको छ । अस्पतालले इच्छुक उम्मेदवारहरूलाई आवेदन प्रक्रिया र अन्य विवरणका लागि टिचिङ अस्पतालको आधिकारिक वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?