
News Summary
Generated by OK AI. Editorially reviewed.- गायक विपुल क्षेत्रीले ७ असारमा काठमाडौंको एक्सओ क्लबमा प्रस्तुति दिने घोषणा गरे।
- उनीले नयाँ गीत र एल्बमको प्रचार गर्दै फ्यानहरूलाई भेट्ने बताएका छन्।
- उनले नयाँ एल्बम २०२५ मा रिलिज गर्ने योजना रहेको बताए।
काठमाडौं । विश्व संगीत दिवसको अवसरमा गायक विपुल क्षेत्रीले काठमाडौंमा प्रस्तुति दिने भएका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले ७ असारमा एक्सओ क्लबमा प्रस्तुति दिने जनाएका हुन् ।
उनले हुन लागेको काठमाडौं कन्सर्टमा नयाँ गीत प्रस्तुत गर्ने घोषणा समेत गरेका छन् । उनको यो घोषणाले फ्यान उत्साहित देखिन्छन् ।
‘म फेरि आउँदैछु काठमाण्डू । फर्किनको लागि म धेरै प्रतीक्षा गर्न सक्दिन । काठमाडौं र त्यहाँका बासिन्दासँग मेरो विशेष सम्बन्ध छ’ उनले भनेका छन् ।
उनले नयाँ गीत प्रस्तुत गर्ने खुलासा गर्दै भनेका छन्, ‘यो समय मसँगै ताजा गीत पनि प्रस्तुत गर्नेछु । यसकारण तपाईंहरू नयाँ गीत पहिलोपटक सुन्ने बन्दै हुनुहुन्छ । सबैलाई भेटौंला ।’
सन् २०२५ मा विपुलको पछिल्लो एल्बम ‘१२ महिना’ रिलिज भएको थियो । सन् २०२५ मा उनले नयाँ एल्बम ल्याउने घोषणा यसअघि नै गरिसकेका छन् । उनले काठमाडौंमा गाउन लागेको भनिएका नयाँ गीत यही एल्बमका लागि हुनसक्ने अनुमान छ ।
प्रतिक्रिया 4