+
+
Shares

माधव नेपालबारे सञ्चारमन्त्री : अख्तियारको कामलाई प्रतिशोधपूर्ण भन्नु गलत

उनले भिजिट भिसा प्रकरणमा कुनै कर्मचारीले गलत गर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु उपर्युक्त नहुने समेत बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १६:०९
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पतञ्जलि जग्गा प्रकरणमा अख्तियारको कामकारबाहीलाई लिएर सरकारलाई दोष लगाउन नमिल्ने बताए।
  • अख्तियारले आफ्नो अधिकार प्रयोग गरेकोले यसलाई प्रतिशोध भन्नु गलत भएको उनको भनाइ छ।
  • भिजिट भिसा प्रकरणमा विपक्षी दलले सरकार र सत्तारुढ दलविरुद्ध प्रतिशोधको राजनीति गरिरहेको उनले आरोप लगाए।

२३ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा (पीएस) गुरुङले पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले गरेको कामकारबाहीमा सरकारलाई दोष लगाउनु उचित नभएको बताएका छन् ।

पतञ्जलि जग्गा प्रकरणमा बिहिबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । शुक्रबार बिराटनगरमा सञ्चारकर्मीको कुराकानी गर्दै मन्त्री गुरुङले सरकार अधिनायकवादी हुन्छ भनेर नै संवैधानिक निकायहरु बनाइने गरिएको बताए ।

अख्तियारले आफ्नो अधिकार प्रयोग गरेर कानुनी प्रक्रिया शुरु गरेकोले यसलाई प्रतिशोध भन्नु गलत भएको उनको तर्क छ । सरकारले फाइल खोल्ने भनेर कतै नभनेको र अहिले पनि अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेको मन्त्री गुरुङको भनाइ छ ।

त्यस्तै उनले भिजिट भिसा प्रकरणमा कुनै कर्मचारीले गलत गर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु उपर्युक्त नहुने बताए । भिजिट भिसा प्रकरणमा विपक्षी दलले सरकार र सत्तारुढ दलविरुद्ध प्रतिशोधको राजनीति गरिरहेको उनको आरोप छ ।

मन्त्री गुरुङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरुद्ध भएकाले टेबुल हुन नसकेको बताउँदै चालु बजेट अधिवेशनबाटै यो दुवै विधेयक पास हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?