+
+
Shares

बलिउड रेडकार्पेटमा मलिना जोशीको ‘सरप्राइज’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी मुम्बईको ‘बलिउड हंगामाज स्टाइल आइकन रेडकार्पेट २०२५’मा सहभागी भएकी छन्।
  • उनी नेपाली फेसन डिजाइनर मनिष राईको डिजाइनमा नीलो गाउनमा देखिइन् र बलिउड एन्ट्रीको सम्भावना जोडिएको छ।
  • कार्यक्रम ५ जुनमा जुहुको जेडब्लु मेरियटमा आयोजना भएको थियो, जसमा अक्षय कुमार र अन्य स्टारहरू उपस्थित थिए।

मुम्बई । अक्षय कुमार, वरुण धवन, शाहिद कपुरजस्ता चर्चित बलिउड स्टारहरू सहभागी ‘बलिउड हंगामाज स्टाइल आइकन रेडकार्पेट २०२५’मा नेपाली अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी सहभागी भएकी छन् ।

केही दिनअघि मुम्बईमा आयोजित रेडकार्पेटमा मलिना नेपाली फेसन डिजाइनर मनिष राईको डिजाइनमा देखिइन् । नीलो रङको गाउनमा उनी गर्जियस देखिएकी थिइन् । उनले रेडकार्पेटमा महत्वपूर्ण स्पेस पाएको देखिएको छ ।

मलिनाले इन्स्टाग्रामबाट रेडकार्पेट इभेन्टको भिडियो सेयर गरेकी छन् । उनले यो समारोहमा सहभागी हुनुको पृष्ठभूमि त उल्लेख गरेकी छैनन् तर, उनको सम्भावित बलिउड एन्ट्रीसँग जोडेर हेरिएको छ ।

‘यो रेडकार्पेटमा उपस्थित हुँदा मलाई पहिलोपटक जस्तो महसुस भैरहेको छ’ उनले लेखेकी छन्, ‘एनजीएल तपाईंकी युवती बलिउड हंगामाको स्टाइल आइकन अवार्डमा सहभागी हुँदा नर्भस र भावुक महसुस गरिरहेकी छे ।’

सुरुमा आफूलाई कहिँकतै एक्लै गएजस्तो महसुस भएको र अझै राम्री देखिनसक्ने कुरा आफूलाई लागेको कुरा उनले उल्लेख गरेकी छन् । तरण आदर्श सम्पादक रहेको बलिउडको चर्चित वेबपोर्टल बलिउड हंगामा डटकमले वर्षेनी बलिउड आइकन अवार्ड आयोजना गर्छ ।

यो कार्यक्रम ५ जुनमा जुहुको जेडब्लु मेरियटमा भएको थियो । अक्षय कुमार, विद्या बालन, टाइगर श्राफ, सन्नी लियोनी, नुसरत भरुच्चा, जेनेलिया देशमुख, डेजी शाह, सोफी चौधरी र अवनीत कौर जस्ता स्टारहरू रेडकार्पेटमा प्रस्तुत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?