+
+
Shares

कर्णालीमा नीति तथा कार्यक्रम पूर्वाग्रहको पोको : राजकुमार शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले कर्णाली सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई पूर्वाग्रहको पोको र चुनावी प्रतिबद्धता भनी आरोप लगाएको छ।
  • नेता राजकुमार शर्माले यसलाई अत्यन्त गरुङ्गो र छलकपटपूर्ण भएको बताए।
  • उनले यसले कर्णालीको विकास र बजेटमा प्रभाव पार्ने चिन्ता व्यक्त गरे।

२५ जेठ, सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागी ल्याएको नीति तथा कार्यक्रम पूर्वाग्रहको पोको भएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ । आइतबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै दलका नेता राजकुमार शर्माले नीति तथा कार्यक्रमलाई चुनावी प्रतिबद्धता र पूर्वाग्रहको पोकोको रूपमा अथ्र्याए ।

‘यो चुनावी भाषण हो कि नीति तथा कार्यक्रम ? अलि छुटाउनै गारो भयो । कतै मत बटुल्न खोजेको जस्तो । चुनावमा भोट बटुल्न खोजेको जस्तो । कतै पूर्वाग्रहको पोको जस्तो ?,’ नेता शर्माले भने, ‘किताबको बाहिर हेर्छु, नीति तथा कार्यक्रम २०८२/०८३ नै देख्छु । खासमा म अलमलमा छु । यति धेरै पूर्वाग्रह, काटकुट र टालटुल गर्नुपर्ने बाध्यता किन आइलाग्यो ?’

उनले ११८ बुँदामा समेटिएको ३४ पृष्ठ लामो नीति तथा कार्यक्रम माथि छलफलमा आउँदा आफूलाई भारी भएको बताए । ‘नीति तथा कार्यक्रम सारै गरुङ्ग रहेछ । हनुमानले सुमेरु पर्वत बोक्दै गर्दा, सायद यस्तै गरुङ्गो भएको थियो कि ? भन्ने कल्पना गरे,’ उनले भने ।

कर्णालीका जनताको चहराइ रहेको घाउ कहाँनेर छ ? त्यसको मलम पट्टी कसरी गर्ने ? त्यसका लागि कुन जडीबुटीको आवश्यकता पर्छ ? त्यसको पहिचान गरेर अगाडि बढ्नुको सार्टो सुमेरु पर्वत नै उठाएर सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको उनको आरोप छ । ‘यो सुमेरु पर्वतमा अर्थमन्त्रीले कसरी बजेट ल्याउनु हुन्छ ? यो पर्वतमा कहाँ के रोप्ने, कहाँ खन्ने,’ नेता शर्माले भने, ‘कुनै अत्तोपत्तो छैन ।’

उनले नीति तथा कार्यक्रममा प्रश्न उठाउँदा सरकारले आफ्नो क्षेत्रको बजेट नै कटौती गर्दिने हो कि भन्दै चिन्ता समेत व्यक्त गरे । ‘बजेटको बेला छ, यसरी सरकारमाथि प्रश्न उठाउँदा अलिअलि आउन लागेको बजेट पनि कटौती हुन्छ कि भन्ने डर पनि त्यतिकै छ । किनकि सरकार पूर्वाग्रही छ,’ उनले भने, ‘म आग्रह गर्दछु, सरकार यसरी पूर्वाग्रही नबनोस् ।’

केही समयअघि मुख्यमन्त्री यामलाल कँडेल पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा सञ्चालित जुम्ल्याहा मूल (ठूलो बृहत् पोखरी) आयोजना रोक्न धम्की दिएको आरोप समेत शर्माले लगाए । त्यस्तो गर्न नहुने उनले बताए । साथै उनले नीति तथा कार्यक्रममा कर्णाली समृद्धिको कुनै ठोस प्लान नै नभएको दाबी समेत गरे ।

‘अनुभवी मुख्यमन्त्रीले प्लेनमै राखेर कर्णाली उडाउनुहुन्छ भन्ने सोचेका थियौँ । तर जनतामा छारो हाल्ने, टालटुले नीति तथा कार्यक्रम ल्याइयो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?