
२५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को नयाँ कार्यसमिति घोषणा भएको छ ।
यसअघि ३५ सदस्यीय पदाधिकारीको संख्या बढाएर ७५ पुर्याइएको छ । जस अनुसार, अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाहीको नाम निर्विरोध भएको हो ।
त्यस्तै, २२ जना उपाध्यक्ष बनेका छन् । उनीहरू सबै निर्विरोध भएको घोषणा गरिएको छ ।
उपमहासचिव १९ जना बनेका छन् । ३१ जना सचिव बनेका छन् भने एक जना कोषाध्यक्ष बनेका छन् ।
वाईसीएलको नेतृत्वका लागि दर्जन बढी आकांक्षी थिए । यद्यपि, उनीहरूबीच लामो समयको छलफलपछि आज नयाँ कार्यसमिति घोषणा गरिएको छ ।
वाईसीएलको नेतृत्व चयनमा सहमति जुट्न नसक्दा पटकपटक निर्वाचन कार्यतालिका संशोधन गरिएको थियो ।
उनीहरूको शपथ पनि आजै हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4