+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शुक्लाफाँटा आरक्ष पीडितले थाले काठमाडौंमा भोक हड्ताल

२०५८ सालमा कञ्चनपुरका विभिन्न स्थानबाट विस्थापित पीडितहरूले २४ वर्ष वित्दा पनि पुनर्स्थापना नभएको र राज्यले आश्वासन दिएर अल्झाउने काम गरेको भन्दै हड्ताल सुरु गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरका विस्थापित पीडितहरूले पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा भोक हड्ताल सुरु गरेका छन् ।
  • २४ वर्ष बित्दा पनि आफूहरूको माग सम्बोधन नभएको उनीहरूको गुनासो छ ।
  • उनीहरूले १० कठ्ठा जमिन, क्षतिपूर्ति र प्रतिवेदनको कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।

२७ जेठ, काठमाडौं । कञ्चनपुरका आरक्ष पीडितले पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा भोक हड्ताल थालेका छन् ।

शुक्लाफाँटा आरक्ष पीडित केन्द्रीय संघर्ष समितिको आयोजनामा पीडितका अगुवाहरूले मंगलबारदेखि काठमाडौंको सिफलमा भोक हड्ताल सुरु गरेका हुन् ।

२०५८ सालमा कञ्चनपुरका विभिन्न स्थानबाट विस्थापित पीडितहरूले २४ वर्ष बित्दा पनि पुनर्स्थापना नभएको र राज्यले आश्वासन दिएर अल्झाउने काम गरेको भन्दै हड्ताल सुरु गरेका हुन् ।

पीडितहरूले खोसिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, पीडितको पुनर्स्थापना गर्नुपर्ने, ३४औं आयोगले दिएको प्रतिवेदनको अनुसूची (ठ) लागु गर्नुपर्ने, दिवान सिंह विष्टको पालामा विद्यानाथ अधिकारीले तोक लगाएको प्रतिवेदन पास गर्नुपर्ने, सुरेन्द्र बम आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

पुनर्स्थापनाको क्रममा कम्तीमा १० कठ्ठा जमिन दिनुपर्ने, २४ वर्षसम्मको क्षतिपूर्ति दिनुपर्ने, उठिबास गर्दा जलाइएको घरगोठ दिनुपर्ने माग गरिएको छ ।

शुक्लाफाँटा आरक्ष पीडित केन्द्रीय संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्दले सरकारले माग सम्बोधन नगर्दासम्म हड्ताल जारी रहने बताए ।

‘२०५८ सालमा विस्थापित भएका हामीहरू आश्वासनको भरमा यहाँसम्म पुग्यौं । सरकारले यसो गर्छौं भन्यो । तर गर्ने बेला सरकार भेटिएन । यो (भोक हड्ताल) गर्दा कतै सरकार भेटाउँछ कि भन्ने आशाले बसेको हो,’ उनले भने ।

१० कठ्ठा जग्गा र २४ वर्षको क्षतिपूर्तिको आफूहरूको मुख्य माग भएको अध्यक्ष चन्दले बताए । आफूहरू एक महिनादेखि काठमाडौं आएर नेताका घर धाउँदा धाउँदा सुनुवाइ नभएपछि भोक हड्तालमा बस्न बाध्य भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?