+
एएफसी एसियन कप छनोट :

लाओसविरुद्ध नेपालको पहिलो हार

२०८२ जेठ  २७ गते १९:४० २०८२ जेठ २७ गते १९:४०
लाओसविरुद्ध नेपालको पहिलो हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एएफसी एसियन कप अन्तर्गत नेपालले लाओससँग २-१ गोलअन्तरले पराजित भयो।
  • खेलमा लाओसले दुवै हाफमा १-१ गोल गरेको थियो र नेपालले मनिष डाँगीको पेनाल्टी गोलले फर्काउने प्रयास गर्यो।
  • नेपालले यसअघि लाओससँग ६ खेलमा पराजित नभएको थियो, आजको हारले त्यो नतिजामा ब्रेक लाग्यो।

२७ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा लाओसले नेपाललाई २-१ गोलअन्तरले हराएको हो ।

लाओसले दुवै हाफमा १-१ गोल गरेको थियो । पहिलो हाफको १३औं मिनेटमा दामोथ थोङ्खामसाभाथले हेडरमार्फत गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए ।

त्यस्तै दोस्रो हाफको ४९औं मिनेटमा पिटर पान्थावोङले डिबक्स बाहिरबाट सोझै प्रहार गरेको बल गोलकिपर किरणले बचाउन नसक्दा लाओसले अग्रता दोब्बर पार्‍यो ।

७३औं मिनेटमा मनिष डाँगीले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई खेलमा फर्काउने संकेत गरेका थिए । तर त्यसपछि थप गोल हुन सकेन र लाओसले नेपालविरुद्ध पहिलोपटक जित निकाल्न सफल भयो ।

नेपाल लाओससँग यस खेल अघिसम्म ६ खेल खेल्दा पराजित भएको थिएन । नेपालले ४ खेल जित्दा दुई खेल बराबरीमा सकिएका थिए । आजको खेलमा पराजित भएपछि लाओससँगको अपराजित नतिजामा ब्रेक लागेको छ ।

समूह एफमा रहेका नेपाल र लाओस दुवैले छनोटको पहिलो खेलमा हार व्यहोरेका थिए ।

नेपाली फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय