 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको पथरी शनिश्चरे नगरपालिकाले गायक गौरव दर्पणलाई ‘वर्ष स्रष्टा सम्मान २०८१’ले सम्मान गरेको छ।
- उनी ‘पूर्वै रमाइलो’सहितका गीतबाट परिचित छन् र २०० भन्दा बढी गीतमा संगीत भरेका छन्।
- कार्यक्रममा दर्पणले विजेतालाई एक गीत निशुल्क रेकर्ड गरिदिने घोषणा गरे।
मोरङको पथरी शनिश्चरे नगरपालिकाले गायक गौरव दर्पणलाई ‘वर्ष स्रष्टा सम्मान २०८१’ले सम्मान गरेको छ । दोसल्ला, मुहारचित्र, २५ हजार नगद र सम्मान पत्रसहित उनलाई सम्मान प्रदान गरियो ।
कला साहित्य प्रवर्धन समितिको मनोनयनमा परेका उनी ‘पूर्वै रमाइलो’सहितका गीतबाट परिचित छन् । २ दशकदेखि कला प्रवर्धनमा लागेका दर्पणले सिर्जना गरेको उक्त गीत देश विदेशमा छरिएर बसेका नेपालीहरु माझ लोकप्रिय छ ।
दर्पणले २०० भन्दा धेरै गीतमा संगीत भरेका छन् । उनको आवाजमा ३ गीति एल्बम सार्वजनिक छन् भने २ एल्बममा संगीत छ । नगरपालिकामा गठित कलासाहित्य प्रवर्धन समितिले वर्षेनी १ जना स्रष्टालाई सम्मान गर्दै आएको छ ।
‘प्रथम पथरी शनिश्चरे सिङगिङ एण्ड डान्सिङ आईडल’ कार्यक्रमको समापनसँगै पुरस्कार वितरण कार्यक्रम राखिएको थियो । कार्यक्रममा गायनतर्फ निर्णायकको भूमिकामा रहेका दर्पणले विजेतालाई व्यक्तिगत र सुरसंगम रेकर्डिङ स्टुडियोसँगको सहकार्यमा एक गीत निशुल्क एउटा गीत रेकर्ड गरिदिने समेत घोषणा गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4