+
+
Shares

पाकिस्तानी हबिबले हिमालयन बैंकको सेयर बेच्दै, हिमालयन रिले किन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकको स्वीकृति पाएपछि पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकको संस्थापक सेयर बेच्ने प्रक्रिया पूरा गरेको हो।
  • हबिबले २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीका लागि सार्वजनिक सूचना प्रकाशन गरेको छ।
  • सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने र न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकिएको छ।

३० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको स्वीकृति पाएसँगै पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको संस्थापक सेयर बेचेर बाहिरिने प्रक्रिया पूरा भएको छ ।

हबिबसँग रहेको पूरा २ करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर बेच्नका लागि शुक्रबार सार्वजनिक सूचना प्रकाशन भएको छ । स्रोतका अनुसार हिमालयन रिइन्स्योरेन्सले उक्त सेयर खरिद गर्नेगरी सहमति भइसकेको छ । औपचारिक प्रक्रिया पूरा गर्नका लागि शुक्रबार सार्वजनिक सूचना जारी गरिएको हो ।

पाकिस्तानको हबिब बैंकले कोभिड-१९ महामारी अगाडि नै २०७६ मा हिमालयन बैंकको सेयर बेचेर बाहिरिन खोजेको थियो ।

संस्थापक सेयर किन्न विद्यमान संस्थापक सेयरधनीलाई नै पहिलो प्राथमिकता दिनुपर्ने नीतिगत व्यवस्थाका कारण बाहिरी पक्षलाई बिक्री गर्न पाएको थिएन ।

३५ दिनभित्र सो सेयर खरिदका लागि अब इच्छुक संस्थापकले आवेदन दिन सक्ने बैंकले सार्वजनिक सूचनामार्फत जनाएको छ । न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा कायम हुनेगरी आवेदन दिनुपर्ने छ ।

हबिबले एकमुष्ट सम्पूर्ण संस्थापक सेयर बिक्रीको लागि निवेदन दिएको हिमालयन बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?