+
+
Shares

नेपालको शैक्षिक पूर्वाधार विकासमा थप लगानी गर्न विश्व बैंक इच्छुक

विश्व बैंकले विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ ।

रासस रासस
२०८३ वैशाख ३१ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व बैंकले नेपालमा शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ।
  • शिक्षा मन्त्री सस्मित पोखरेलसँगको भेटमा शिक्षा क्षेत्र सुधार र प्रविधिमैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो।
  • विश्व बैंकले विद्यालय पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ।

३१ वैशाख, काठमाडौं । विश्व बैंकले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा नेपालस्थित विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले यस्तो बताएका हुन् ।

त्यस अवसरमा उनीहरूबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो ।

विश्व बैंकले विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ ।

दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, ‘फाउन्डेसन लर्निङ’ सुदृढीकरण र शिक्षामा ‘डिजिटाइजेसन’ तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख ‘एजेन्डा’का रूपमा अघि बढाइएको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?