
News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार मन्त्रालयले २०८२/८३ का लागि ६ वटा आयोजनालाई २६ करोड ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
- रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाका लागि ४ करोड ४० लाख र सडक डिभिजन हेटौंडाका लागि ५ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ।
- अन्य आयोजना जस्तै उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार र महाकाली पुल योजनाका लागि पनि बजेट निर्धारण गरिएको छ।
३० जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ मा औद्योगिक करिडोर निर्माणका लागि ६ वटा आयोजनालाई २६ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।
भौतिक मन्त्रालयले यी आयोजनाका लागि कुल २६ करोड ३ लाख रुपैयाँ विनियोजन गरेको हो ।
भौतिक मन्त्रालयको रातो किताबका अनुसार रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाका लागि ४ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सडक डिभिजन हेटौंडाका लागि ५ करोड ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
यस्तै उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय ललितपुरका लागि २३ लाख रुपैयाँ राखिएको छ ।
सडक डिभिजन जनकपुर धनुषाले ४ करोड ६० लाख र सडक डिभिजन बुटवल रुपन्देहीका लागि १० करोड रुपैयाँ छुट्याइएको छ ।
यस्तै कञ्चनपुरको महाकाली पुल योजनाका लागि १ करोड ४० लाख रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया 4