 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असार १ गते संसद्मा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक दर्ता गरे।
- विधेयकको उद्देश्य सूचना प्रविधिको विकास, नियमन र साइबर स्पेसमा रहेका सूचना संरक्षण हो।
- यसले विद्युतीय अभिलेख र डिजिटल हस्ताक्षरको सत्यता कायम राख्न र साइबर कानूनलाई संशोधन गर्न लक्षित छ।
१ असार, काठमाडौं । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्मा दर्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।
विधेयकको प्रस्तावनाअनुसार सूचना प्रविधिको विकास, प्रवर्धन तथा नियमन गर्ने उद्देश्यले विधेयक आएको छ । विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षरको सत्यता र विश्वसनीयता कायम राख्न, साइबर स्पेसमा रहेका सूचना, तथ्यांक वा विवरणको संरक्षण गर्ने भनिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङकाअनुसार साइबर स्पेसमा रहेका सूचना, तथ्यांक वा विवरणलाई व्यवस्थित प्रयोग गर्न र साइबर सुरक्षा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक ल्याइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4