 
																						फाइल तस्वीर								
											News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेश सरकारले सवारी चालक अनुमति पत्रको छपाइ आफैं गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ।
- अर्थमन्त्री टकराज गुरुङले यातायात सुधारका लागि प्रविधिको प्रयोग र विद्युतीय कर भुक्तानी व्यवस्था गर्ने बताए।
- बजेटले स्वदेशी एपलाई प्राथमिकता दिँदै राइड सेयरिङ र सेल्फ ड्राइभिङलाई नियमन गर्ने योजना प्रस्तुत गरेको छ।
१ असार, पोखरा । अब गण्डकी प्रदेश सरकार आफैं सवारी चालक अनुमति पत्रको छपाइ गर्ने भएको छ ।
प्रदेशमै लाइसेन्स छपाई गर्न आगामी आर्थिक वर्षका लागि सरकारले आगामी १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
गण्डकीको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री टकराज गुरुङले यातायात क्षेत्र सुधारका लागि अधिकतम् प्रविधिको प्रयोग गर्ने बजेटमार्फत बताए ।
सवारी साधन करलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न व्यवस्था मिलाउनका लागि आवश्यक विनियोजन गरिएको अर्थमन्त्री टकराजको भनाइ छ ।
स्वदेशी एपलाई प्राथमिकता दिइए यात्रुलाई सुरक्षाको प्रत्याभूति गर्न राइड सेयरिङ र सेल्फ ड्राइभिङलाई प्रभावकारी रुपमा नियमन र व्यवस्थापन गरिने बजेटमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4