 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले आईएमई समूहलाई उद्यम विस्तार गर्न आग्रह गरे।
- आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सफलताको तीन आधार र राष्ट्रिय अर्थतन्त्रमा योगदानको चर्चा गरे।
- कार्यक्रममा आईएमईका संस्थापकहरूले सामाजिक र आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमी सिर्जनामा अघि बढ्न आईएमई समूहलाई आग्रह गरेका छन् ।
शुक्रबार ललितपुरमा आयोजित आईएमईको २५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंकले सहजीकरण गर्न तयार रहेको बताए ।
द्वन्द्वले देश अप्ठ्यारो समयमा रहेका बेलासमेत जोखिम मोलेर आईएमई स्थापना भएको स्मरण गर्दै गभर्नर पौडेलले देशलाई अहिले पनि जोखिम लिन सक्ने धेरै उद्यमीहरूको खाँचो रहेको उल्लेख गरे ।
उक्त अवसरमा आईएमईका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई ग्रुपको सफलतामा तीन आधार रहेको बताए ।
अध्यक्ष ढकालले आईएमई ग्रुपका कम्पनीले नाफा मात्रै कमाउने कुरामा ध्यान नदिएर आममानिसले खोजेको सेवा, सरकारले राखेको प्राथमिकता र व्यवसायका रूपमा अघि बढाउन सकिने तीन मूल सिद्धान्तमा केन्द्रित बनेर सफलता हासिल गर्न सम्भव भएको बताए ।
यिनै तीन मुख्य व्यावसायिक सिद्धान्तमा टेकेर आईएमई ग्रुपले रेमिट्यान्सबाट बैंकिङ, बीमा, पर्यटन, सूचना प्रविधि, जलविद्युत् लगायत क्षेत्रमा लगानी विस्तार मार्फत हजारौं गुणस्तरीय रोजगारी सिर्जना गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको पनि संस्थापक अध्यक्ष ढकालले उल्लेख गरे ।

कार्यक्रममा आईएमईका सहसंस्थापक तथा अध्यक्ष हेमराज ढकालले उत्कृष्ट र विस्तारित सेवाका माध्यमबाट आईएमईले आफ्ना ग्राहकको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष ढकालले युवाले सूचना प्रविधि क्षेत्रमा नेपालमै बसेर विदेशमा सेवा निर्यातबाट कमाएको रकम सहजै भित्र्याउन डिजिटल रेमिटेन्स पूर्वाधार विस्तारमा प्रोत्साहन गर्न राष्ट्र बैंकको सहयोगको अपेक्षा गरेको पनि बताए ।
यसैगरी विदेशमा काम गर्न जाने क्रममा युवाले महँगो ब्याज तिरेर ऋण लिन वाध्य हुनु परिरहेको अवस्थाको अन्त्य गर्न आईएमई मार्फत नै सानो कर्जा दिन सकिने व्यवस्था मिलाउन पनि अध्यक्ष ढकालले आग्रह गरे ।
साथै, अध्यक्ष ढकालले २५ वर्षे यात्रामा निरन्तर सहयोग गर्ने सेवाग्राही, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकाय, व्यावसायिक साझेदार, कर्मचारी लगायत सम्पूर्ण शुभचिन्तकमा हार्दिक आभार व्यक्त गरे ।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाइ आईएमई सेवा प्रदान गरिरहेको बताए ।
प्रविधिमा भएको विकास आत्मसात गर्दै थप विविधिकृत सेवाका माध्यमबाट आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिँदै अघि बढ्ने पनि सीईओ पौडेलले उल्लेख गरे ।
उक्त समारोहमा वार्षिकोत्सव अवसर पारेर आयोजना गरिएको अन्तरकम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।


 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4