+
+
Shares

स्वास्थ्य लाभपछि रचना रिमाल डिस्चार्ज, घरमा आराम गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते २०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका रचना रिमाललाई आन्द्राको संक्रमणपछि ह्याम्स अस्पतालमा उपचार गराइयो र उनी डिस्चार्ज भइ घरमै आराम गरिरहेकी छन्।
  • उनी रुकुम पश्चिम जाने क्रममा बिरामी परेपछि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएकी थिइन्।
  • उनले आफ्नो स्वास्थ्य अवस्थाबारे तस्वीरसहित जानकारी दिँदै चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेको बताइन्।

काठमाडौं । आन्द्राको संक्रमण भएपछि राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहेकी गायिका रचना रिमाल डिस्चार्ज भएकी छन् । शनिबार डिस्चार्ज भएकी उनी घरमै आराम गरिरहेकी छन् ।

आफ्नो स्वास्थ्य अवस्थाबारे एक तस्वीरसहित आइतबार बेलुका प्रशंसकलाई जानकारी दिएकी छन् । चिकित्सकको सल्लाहअनुसार अहिले घरमा आराम गरिरहेको र स्वास्थ्य लाभ गरिरहेको उनले बताएकी छन् ।

सांगीतिक प्रस्तुति दिन रुकुम पश्चिम जाने क्रममा उनी बिरामी परेकी थिइन् । त्यसपछि सेनाको हेलिकोप्टरबाट उद्वार गरेर रचनालाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको हो । काठमाडौंमा परीक्षण गर्दा आन्द्राको संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?