+
फिफा क्लब विश्वकप :

अकल्याण्डको पोस्टमा बायर्नको १० गोल, मुसियालाको ह्याट्रिक

२०८२ असार  १ गते २३:५९ २०८२ असार १ गते २३:५९
अकल्याण्डको पोस्टमा बायर्नको १० गोल, मुसियालाको ह्याट्रिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मनीको बायर्न म्युनिखले क्लब विश्वकपको उद्घाटन खेलमा न्युजिल्यान्डको अकल्यान्ड सिटीलाई १०–०ले पराजित गर्‍यो।
  • जमाल मुसियालाले ह्यान्ट्रिक गोल गरे भने किंग्स्ले कोमान, माइकल ओलिसे र थोमस मुलरले दुई–दुई गोल गरे।
  • बायर्न म्युनिख प्रतियोगितामा अघि बढेको छ र अर्को खेल बोका जुनियर्सविरुद्ध हुनेछ।

१ असार, काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह सी को खेलमा जर्मन क्लब बायर्न म्युनिखले न्युजिल्यान्डको अकल्यान्ड सिटी एफसीमाथि गोलको वर्षा गरेको छ । बायर्नले १०–० को भारी जित निकालेको हो ।

बायर्नका लागि जमाल मुसियालाले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गोल गर्न सफल भए । त्यस्तै किंग्स्ले कोमान, माइकल ओलिसे अनि थोमस मुलरले दुई–दुई गोल गरेका थिए । साचा बोइले एक गोल थपे ।

टोलीले दोहोरो अंकमा गोल गर्दा इंग्ल्यान्ड राष्ट्रिय टोलीका कप्तान ह्यारी केन भने गोल गर्न असफल रहे ।

क्लब विश्वकपको यो संस्करणमा ३२ टोलीको सहभागिता छ । बायर्न म्युनिखको अर्को खेल बोका जुनियर्सविरुद्ध हुनेछ ।

फिफा क्लब विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय