+
+
Shares

अरनिको राजमार्ग : लार्चामा ह्युम पाइप बगायो, तातोपानी नाका ठप्प

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङमा शनिबार बेलुका ९ बजेदेखि नै सडक भासिएर अवरुद्ध राजमार्ग अझै खुलेको छैन ।

कपिल कोइराला कपिल कोइराला
२०८२ असार २ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ।
  • इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक राईले अविरल वर्षाका कारण ह्युम पाइप बगाएको जानकारी दिए।
  • कोदारी कोप्लाङमा सडक भासिएर राजमार्ग अझै खुलेको छैन र यातायात अवरुद्ध रहेको छ।

२ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा राखिएको ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार राति परेको अविरल वर्षाका कारण भोटेकोशी–३ लार्चामा राखिएको ह्युम पाइप बगाएको जानकारी दिए ।

गत असोजमा परेको वर्षाले लार्चा पुल बगाएपछि अहिले २ महिनादेखि बेलीब्रिज निर्माण भइरहेको छ ।

बेलिब्रिज बन्दै गरेकोले आवागमनमा सहज बनाउने उद्देश्यले ह्युम पाइप राखेर यातायात संचालनमा ल्याइएको थियो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक राईका अनुसार लार्चामा सवारी आवागम अवरुद्ध छ ।

अझै खुलेन कोप्लाङमा सडक

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङमा शनिबार बेलुका ९ बजेदेखि नै सडक भासिएर अवरुद्ध राजमार्ग अझै खुलेको छैन ।

सडक विभाग, गाउँपालिका र स्थानीय हाइड्रोलाई समन्वय गरेर सडक खुलाउने प्रयास भएपनि अहिलेसम्म सडक नखुलेको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक राईले जानकारी दिए ।

सडक भासिएपछि अरनिको राजमार्ग हुँदै चीन जोड्ने तातोपानीदेखि कोदारी खण्डसम्म यातायात अवरुद्ध छ ।

सडकखण्डको ६०–७० फिट लम्बाइमा पर्ने क्षेत्रफल नै भासिएर भोटेकोशीमा पुगेको छ ।

सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको छ, जसका कारण भन्सार नाकातर्फको आवागमन पूर्णरुपमा ठप्प भएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?