+
+
Shares

शिक्षा विधेयकलाई प्रश्चगमनमा जान दिन्न : सभापति थापा

सरकारले प्रत्येक जिल्लामा जिल्ला शिक्षा कार्यालय रहने गरी विधेयक ल्याएको छ । यो पनि आवश्यक नरहेको सभापति थापाको जवाफ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १५:२१
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समिति सभापति थापाले विद्यालय शिक्षा विधेयकलाई प्रश्चगमनमा जान नदिने बताए।
  • उनले भने, ‘शिक्षा विधेयक प्रश्चगमनमा जाँदैन, मेरो कुरा यही छ, दायाँवायाँ हुन दिन्न।’
  • थापाले विधेयकले निजी क्षेत्रलाई कसरी सम्बोधन गर्छ भन्ने चासो रहेको बताए।

२ असार, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयकलाई प्रश्चगमनमा जान नदिने बताएका छन् ।

संसद् भवन परिसर नयाँ वानेश्वरमा अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘शिक्षा विधेयक प्रश्चगमनमा जाँदैन, मेरो कुरा यही छ, दायाँवायाँ हुन दिन्न ।’

विद्यालय शिक्षा विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा छ । शिक्षकहरूले आफूहरूलाई स्थानीय तह अन्तर्गत नराखिदिए हुन्थ्यो भन्ने आग्रह गर्दै आएका छन् ।

यो संविधानमै भएकाले शिक्षकको आग्रह अनुसार जान सकिने अवस्था नरहेको सभापति थापाको जवाफ छ ।

सरकारले प्रत्येक जिल्लामा जिल्ला शिक्षा कार्यालय रहने गरी विधेयक ल्याएको छ । यो पनि आवश्यक नरहेको सभापति थापाको जवाफ छ ।

विद्यालय शिक्षा विधेयकले निजी क्षेत्रलाई कसरी सम्बोधन गर्छ भन्ने सरोकारवालाहरूको चासो रहँदै आएको छ । यसबारे संसदीय समितिका सभापति थापा भन्छन्, ‘सामुदायिक विद्यालयको शिक्षा सुधारमा हाम्रो जोड रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?