+
+
Shares

दक्षिण सुडान र सुडानको सीमामा तैनाथ शान्ति सैनिकको टोली फेरियो

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार, संयुक्त राष्ट्रसंघको चार्टर्ड उडानमा उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १६:३२

२ असार, काठमाडौं । दक्षिण सुडान र सुडानको सीमा क्षेत्रमा रहेको एबिएईमा नेपाली शान्ति सैनिकको टोली फेरिएको छ ।

नेपाली सेनाका सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा खटिएको ६७ जनाको डफ्फा सोमबार स्वदेश फर्किएको छ भने ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा ७७ जनाको नयाँ टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार, संयुक्त राष्ट्रसंघको चार्टर्ड उडानमा उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।

हाल यो मिसनमा १०७ जना शान्ति सैनिक कार्यरत् छन् । नेपाल विश्वमै सबैभन्दा बढी शान्ति सैनिक पठाउने मुलुकमध्ये पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?