+
+
Shares

सुर्खेतदेखि सिंहदरबारसम्म खाली खुट्टा, फर्कंदा नयाँ जुत्ता

खाली खुट्टा प्रधानमन्त्री कार्यालय प्रवेश गरेका उनी फर्कंदा भने जुत्ता लगाएर फर्किए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १९:०१

३ असार, काठमाडौं । भ्रष्टाचारविरोधी अभियान चलाउँदै सुर्खेतबाट खाली खुट्टा काठमाडौं आएका नवराज बोहरा मंगलबार दिउँसो सिंहदरबार पुगे ।

बोहरा गत जेठ ४ गते सुर्खेतबाट खाली खुट्टा हिँड्दै काठमाडौंका लागि निस्किएका थिए । हिजो साँझमात्रै काठमाडौं आइपुगेका उनी दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई नै भेटेर आफ्ना कुरा राख्ने भन्दै उनी त्यहाँ पुगेका थिए ।

तर, उनले प्रधानमन्त्री ओलीसँग भेट पाएनन् । त्यसपछि उनी त्यहाँबाट बाहिरिएका छन् ।

बोहरासँग प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार किरण पौडेलले भेट गरे । सिंहदरबार प्रवेश गर्दा बोहरा खाली खुट्टा नै गएका थिए ।

प्रहरीले गेटबाट प्रधानमन्त्री कार्यालयसम्म उनलाई पुर्‍याएको थियो ।

खाली खुट्टा प्रधानमन्त्री कार्यालय प्रवेश गरेका उनी फर्कंदा भने जुत्ता लगाएर फर्किए ।

‘उहाँलाई उपहार स्वरुप एक जोर जुत्ता दिइएको हो,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘अनसन तोड्दा जुस खुवाएजस्तै उहाँको पनि माग सम्बोधन हुने आश्वासनसहित जुत्ता उपहार दिइएको हो ।’

जुत्ता प्रधानमन्त्री कार्यालयबाटै उपलब्ध गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?