
News Summary
Generated by OK AI. Editorially reviewed.- मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा इजरायल र इरानबीचको युद्ध रोक्न प्रदर्शन गरेको हो।
- युद्धका कारण पश्चिम एसिया तनावग्रस्त र विश्व शान्तिका लागि खतरा भएको भन्दै प्रदर्शन गरिएको हो।
- इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर इरानमाथि आक्रमण सुरु गरेपछि संघर्ष जारी छ।
४ असार, काठमाडौं । इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ ।
इजरायली दूतावास अगाडि समाजले बुधबार बिहान प्रदर्शन गरेको हो ।
युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
गत जुन १३ शुक्रबारको दिन इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर इरानमाथि आक्रमण सुरु गरेको थियो ।
लगत्तै इरान पनि प्रत्याक्रमणमा उत्रिएको थियो । उक्त क्रम विगत ६ दिनदेखि जारी छ ।
इजरायल–इरान संघर्षमा हालसम्म २४८ इरानीको मृत्यु भइसकेको र १ हजार २७७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
इजराइली हमलामा करिब एक दर्जन इरानी उच्च सैनिक कमान्डर समेत मारिएका छन् । इजरायलतर्फ २४ जनाको मृत्यु र ६०० भन्दा बढी घाइते भएका समाचार सार्वजनिक भएका छन् ।
तस्वीरहरू :
प्रतिक्रिया 4