+

प्रिमियर लिग २०२५/२६ को तालिका सार्वजनिक, पहिलो खेलमा लिभरपुल र बर्नमाउथ खेल्ने

२०८२ असार  ४ गते १३:५९ २०८२ असार ४ गते १३:५९
प्रिमियर लिग २०२५/२६ को तालिका सार्वजनिक, पहिलो खेलमा लिभरपुल र बर्नमाउथ खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेलतालिका सार्वजनिक भएको छ।
  • सिजन १५ अगस्तबाट सुरु भएर २४ मे २०२६ मा समाप्त हुनेछ।
  • कुल ३८० खेल समावेश छन् र पहिलो खेल लिभरपुल र एएफसी बर्नमाउथबीच हुनेछ।

४ असार, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको आगामी सिजनका लागि खेलतालिका सार्वजनिक भएको छ ।

नयाँ सिजन अगस्ट १५ बाट सुरु भएर मे २४, २०२६ मा समाप्त हुने तय गरिएको छ ।

कुल ३८० खेल समावेश गरिएको छ, जसमा ३३ साप्ताहिक र ५ मिडवीक राउन्ड रहेका छन् ।

आगामी सिजनको पहिलो खेलमा लिभरपुल र एएफसी बर्नमाउथले एनफिल्डमा खेल्ने छन् ।

खेलको पूरा तालिका यहाँ गएर हेर्न सकिनेछ ।

पहिलो गेमवीकको तालिका

लिभरपुल भर्सेस् एएफसी बर्नमाउथ
एस्टन भिल्ला भर्सेस् न्युकासल युनाइटेड
ब्राइटन एण्ड होभ अल्बियन भर्सेस् फुलहम
नटिङ्घम फरेस्ट भर्सेस् ब्रेन्टफोर्ड
सन्डरल्याण्ड भर्सेस् वेस्ट ह्याम युनाइटेड
टोटनह्याम हट्सपर भर्सेस् बर्नली
वुल्भरह्याम्पटन वान्डरर्स भर्सेस् म्यानचेस्टर सिटी
चेल्सी भर्सेस् क्रिस्टल प्यालेस
म्यानचेस्टर युनाइटेड भर्सेस् आर्सनल
लिड्स युनाइटेड भर्सेस् एभर्टन

इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय