+
+
Shares

कुमालको पुर्ख्यौली पेशालाई व्‍यवसायिक बनाउँदै बुढीगंगा नगरपालिका

नगरपालिकाले २० जना स्थानीयलाई १ महिने माटाको भाडा बनाउने तालिम दिइरहेको छ । उनका अनुसार भाडा बनाउने आवश्यक प्रविधि समेतको सहयोग गरेको नगरपालिकाले नै गर्दै आइरहेको छ ।

प्रकाश सिंह प्रकाश सिंह
२०८२ असार ४ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुढीगंगा नगरपालिकाले कुमाले जातिको पुरानो माटोको भाँडा बनाउने पेशालाई संरक्षण गर्न तालिम र प्रविधि सहयोग सुरु गरेको छ।
  • नगरप्रमुख राम बहादुर बाँनियाले २० जना स्थानीयलाई एक महिने तालिम दिने र उत्पादनको बजारिकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
  • कुमाल समुदायले परम्परागत माटाका भाँडा बनाउँदै आएको भए पनि बजार अभाव र लोप हुने खतरा देखिएपछि नगरपालिका सक्रिय भएको हो।

४ असार, बाजुरा। बाजुराको बुढीगंगा नगरपालिकामा कुमाले जातिले वर्षौदेखि गरिदै आएको माटोको भाँडा बनाउने पेशा संकट परेको छ । पेसा नै संकटमा पर्न थालेपछि बुढीगंगा नगरपालिकाले तालिम र प्रविधि दिएर पेशा जोगाउन लागेको छ ।

विगतमा बुढीगंगा नगरपालिका-८ मा बस्ने कुमाल जाति माटाका भाडा बनाउने गर्थे । तर दुई दशक यता यो पेशा नै लोप हुन लागेपछि नगरपालिकाले पेशा जोगाउने काम सुरुवात गरेको बुढीगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बाँनियाले बताए।

नगरपालिकाले २० जना स्थानीयलाई १ महिने माटाको भाडा बनाउने तालिम दिइरहेको छ । उनका अनुसार भाडा बनाउने आवश्यक प्रविधि समेतको सहयोग गरेको नगरपालिकाले नै गर्दै आइरहेको छ ।

पुर्खादेखि गर्दै आएको पेशा विगत दुई दशकदेखि लोप भइसकेको अवस्थामा नगरपालिकाले संरक्षण गर्न उतप्रेरणा दिएकोप्रति लालबहादुर कुमालले खुसी व्‍यक्त गरे । उननले भने, ‘ पुर्खादेखि गर्दै आएको पेशा विगत दुई दशकदेखि लोप भएको थियो । नगरपालिकाले फेरि युवा पुस्तालाई यही पेशामा लाग्न प्रेरित गरेकाले धेरै सुखी लागेको छ।’

माटोका भाडा परम्परागत रुपमा बनाउँदै आएकाले यो पेशाबाट जिविकोपार्जन हुन छाडेको स्थानिय काल्चे कुमालको भनाइ छ । उनले भने, ‘ पुरानै तरिकाले बनाइएको माटोका भाडाले खासै बजार पाएन । यसरी विस्तारै हाम्रो सीप र कला लोप हुँदै गएको थियो। हाम्रो जिविकोपार्जन पनि भइरहेको थिए।’

अहिले नगरपालिकाले सहयोग गर्न सुरु गरेकोमा काल्चेले खुसी व्‍यक्त गर्दै अब चाँडै नै यसले फेरि बजार पाउने आश गरेको बताए ।

उनका अनुसार प्राय यो पेशा बाजुरा जिल्लामा कुमाले जातिले मात्र गर्दै आएका छन् । माटाको भाँडा बनाउको लागि माटो पनि बलौटे चाहिने हुँदा जहाँसुकै पनि नपाइने उनको गुनासो छ । उनले भने, ‘ माटाको भाँडा बनाउको लागि माटो पनि बलौटे चाहिन्छ । परिश्रम पनि धेरै गर्नु पर्ने भएपनि परिश्रम अनुसार फल प्राप्त हुँदैन।’

तर पालिकाले सीपसँगै उत्पादन गरेको चिजवस्तु पालिकाले खरिद गरेर बजारीकरण गर्ने जिम्मा लिएको नगरप्रमुख राम बहादुर बाँनियाले बताए । ‘ उहाँहरुको सबै बनाउने जिम्‍मा नगरपालिकाले लिन्छ। हामी कसैको पेसा व्यवसाय जोखिम हुन नदिन यहाँ उत्पादन भएको चिज वस्तुको बिक्री गर्ने जिम्मा लिन तयार छौं।’ उनले भने ।

कुमाल समुदायले माटाका भाडा गड्या, पानि खाने भाडा, तछला आदि बनाउँदै आएका छन् । ती भाडाहरु विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने गरेको पाइएको छ । माटोका भाँडाहरू काजक्रिया र हिन्दु धर्ममा गरिने पुजापाठमा अनिवार्य रुपमा आवश्यक पर्ने गर्दछ । अर्कोतिर पानी खान र भात पकाउनमा बढी मात्रामा प्रयोग हुने गरेको छ ।

गर्मी याममा त झन् माटाका यी भाडाहरूको प्रयोग धेरैले गर्ने गरेको पाइन्छ । ती भाडामा राखेको पानी चिसो हुने भएका कारण गाँउमा मात्र नभई शहर बजारमा पनि बिक्रि हुने गरेको छ ।

गर्मी महिनामा माटाको घ्याम्पो, भिउँट तथा गाग्रोमा राखिएको पानीको मीठास हुने गरेको छ। हरर्र बास्ना आउने, शीतल अनि आनन्ददायक माटाको भाँडामा राखिएको पानी स्वास्थ्यका दृष्टिले समेत उत्तिकै लाभदायक रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?