+
+
Shares

दीप श्रेष्ठलाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ र लाइफटाइम अचिभमेन्ट पुरस्कार प्रदान गरिने भएको छ।
  • प्रतिष्ठानले नौजना स्रष्टालाई ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ दिने निर्णय गरेको छ।
  • समारोह असार ११ गते राष्ट्रपति भवनमा आयोजना हुनेछ।

काठमाडौं । गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ । ५ दशकदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्‍याएबापत उनलाई सम्मानित गर्न लागिएको संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

गायक श्रेष्ठले १८ वर्षदेखि नै रेडियो नेपालमा गीत रेकर्ड गर्दै करिअर थालेका थिए । उनले त्यो उमेरमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गराएका थिए ।

गायक श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट प्रदान गर्न लागिएको प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिइन् । २ लाख रुपैयाँ नगद र ताम्रपत्रसहित पुरस्कृत गर्न लागिएको हो ।

श्रेष्ठले रेडियो नेपालबाट २०२७ साल र २०२८ सालमा पुरुषतर्फ उत्कृष्ट गायन उपाधि र २०३० सालमा स्वर्ण पदक प्राप्त गरेका थिए । उनले ४०० सयभन्दा बढी गीत गाएका छन् ।

प्रतिष्ठानले दीर्घसाधना सम्मानसहित ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ पाउने नौजना स्रष्टाको नामावली सार्वजनिक गरेको छ ।

‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ गायिका कुन्ती मोक्तान, वरिष्ठ संगीत संयोजक राजु अग्रवाल, वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, वरिष्ठ रंगकर्मी हरिबहादुर थापा र वरिष्ठ नाटककार वेदकुमारी न्यौपानेलाई प्रदान गरिने भएको छ ।

असार ११ गते राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजना हुने समारोहमा सम्मान र पुरस्कार प्रदान गर्ने जनाइएको छ । यस्तै, खोज तथा अनुसन्धान नृत्य विधातर्फ कृष्णप्रसाद पौडेल (नृत्यानन्द), नारायण रायमाझी र कुशेश्वरप्रसाद राईलाई पुरस्कार प्रदान गरिने जनाइएको छ । पुरस्कारको राशि एक लाख र ताम्रपत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?