+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कैलाली कारागारका कैदीको मृत्यु घटना : सहायक प्रजिअको नेतृत्वमा छानबिन समिति गठन

घटनाको अनुसन्धानका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलाली कारागारमा अचेत अवस्थामा भेटिएर मृत्यु भएका हरिश सिंह पालीको घटनाको छानबिनका लागि समिति गठन गरियो।
  • समितिमा जिल्ला प्रशासन, प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधिहरू रहेका छन्।
  • प्रहरीले आरोप लगाएको छ कि पीडितको शरीरमा चोट र घाउ देखिएका कारण हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

४ असार, धनगढी। कैलाली कारागारमा अचेत अवस्थामा भेटिएर उपचारका क्रममा कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।
घटनाको अनुसन्धानका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

जोशीको संयोजकत्वमा गठित छानबिन समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंह, राष्ट्रिय अनुुसन्धान कार्यालयका अधिकृत तहका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद र डेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समिति गठन गर्दै बैकिङ कसुर मुद्दाका अभियुक्त डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पालीको उपचारका क्रममा मृत्यु भएको घटनाको छानबिन गरि ७ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिएका छन् ।

असार १ गते पक्राउ परेका पाली २ असारको राति कैलाली कारागारको बाथरुम नजिकै अचेत अवस्थामा भेटिएपछि तत्कालै उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो तर उपचारका क्रममा राति नै मृत्यु भएको थियो ।

पालीको शरीरमा घाउ चोट पनि देखिएका कारण उनको हत्या भएको भन्दै पीडित परिवारले छानबिनको माग गर्र्दै अहिलेसम्म शव बुझेका छैनन् । उनीहरु छानबिनको माग गर्दै बुधबार डडेल्धुरामा राजमार्ग समेत अवरुद्ध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?