+
+
Shares

टिपरको ठक्करबाट स्कुटर यात्रुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरमा टिपरको ठक्करबाट ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भयो।
  • दुर्घटनामा स्कुटर चालक प्रितम बजगाईको अवस्था सामान्य रहेको छ।
  • टिपर र चालक कानेपोखरी गाउँपालिका–३ का कूलदीप चौधरीलाई नियन्त्रणमा लिइएको छ।

४ असार, विराटनगर । विराटनगरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ पञ्चेश्वर मन्दिरअगाडि टिपरले स्कुटरलाई टक्कर दिँदा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का अन्दाजी ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ क ९५३ नम्बरको टिपरले उत्तरतर्फ नै जाँदै गरेको प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई दिउँसो २ः३० बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बजगाईलाई उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनालगत्तै टिपर र चालक मोरङको कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कूलदीप चौधरीलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा स्कुटर चालक २० वर्षीय प्रितम बजगाईंको अवस्था भने सामान्य छ । उनी सुशीलका छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?