
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीले धनगढी कारागारमा कैदी हरिस सिंह पालीको मृत्यु घटनामा प्रहरी नायब निरीक्षक हरजीत नाथलाई पक्राउ गरेको छ।
- प्रहरीले पीडित पक्षको जाहेरीका आधारमा नाथलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ, जसले मृतकलाई कुटपिट गरेको आरोप लगाएको छ।
- मृतक पालीलाई अदालतले कैद र जरिवाना तोकेपछि कारागारमा मृत्यु भएको र परिवारले हत्या गरेको आशंका गरेको छ।
५ असार, धनगढी। कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई)लाई पक्राउ गरिएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) हरजीत नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)राजकुमार सिंहले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको पुष्टि गरे ।
नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन् । नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो ।
मृतककी श्रीमती जानकी साउँदले नाथकै योजनामा कारागारभित्र कुटपिट गरि श्रीमानको हत्या गरिएको आरोप लगाउदै बुधबार कारागार प्रमुख बसन्त बहादुर खत्रीसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर कैलाली प्रहरीले उनलाई जाहेरी सच्याएर ल्याउन भनेपछि बिहीबार भने नाथविरुद्ध मात्र जाहेरी दिइएको छ ।
प्रहरीले किटानी जाहेरी दर्ता गरेर सई नाथलाई नियन्त्रणमा लिएपछि पीडित पक्ष शव बुझ्न तयार भएको छ । सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको शवको परीक्षण सकेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।
२९ जेठमा डडेल्धुराबाट पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो । ३१ गते शनिबार परेका कारण उनलाई असार १ गते मात्र अदालत पेश गरिएको थियो ।
अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो । तर २ गते राति साढे १० बजे कारागारका बाथरुम नजिकै पाली अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति मृत्यु भएको थियो ।
मृतक पालीका शरीरमा चोटपटक समेत देखिएका कारण परिवारले उनको योजनाबद्ध हत्या गरेको आरोप लगाएको छ ।
प्रतिक्रिया 4