
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठकमा सांसद अमरेशकुमार सिंहले कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्न माग गरे।
- कांग्रेसको सचेतक सुशीला थिङले नियम २३ अनुसार अभिव्यक्ति असम्बन्धित विषय भएको भन्दै आपत्ति जनाइन्।
- थिङले त्यो रेकर्डबाट हटाइयोस् भन्दै सभामुखसँग माग गरिन् ।
५ असार, काठमाडौं । कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्रि जनाएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत छलफलमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको कल डिटेल सार्वजनिक गर्न माग गरेका थिए । कानुनमन्त्रीले न्याय प्रभावित पार्न न्यायाधीशलाई फोन गरेको उनको आरोप थियो ।
सांसद सिंहलाई सभामुख घिमिरेले नाम नलिएर आफ्ना अभिव्यक्ति राख्न आग्रह समेत गरेका थिए । त्यसको केहीबेरपछि कांग्रेसकी सचेतक सुशीला थिङले कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा कांग्रेसको आपत्ति जनाइन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २३ अनुसार संसद्मा असम्बन्धित विषय राख्न नपाइने भन्दै उनले नियमापत्ति गर्न चाहेको बताइन् ।
‘सदस्यले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको विषयसँग सम्बन्धित हुनुपर्नेछ भनिएको छ । तर कानूनमन्त्रीको कल डिटेलको कुरा सम्बद्धता भएन । त्यो रेकर्डबाट हटाइयोस्’ सचेतक थिङले भनिन् ।
प्रतिक्रिया 4