
फाइल फोटो
५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ ।
हुलाकमार्फत दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा आइपुगेको छ । तर जाहेरी अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइनसकेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुनप्रसाद तिमल्सिनाले बताए ।
‘हुलाकमार्फत जाहेरी आएको हो । दर्ता भएको छैन । धेरै कुराहरु मिलेको देखिँदैन । अहिले अध्ययनकै क्रममा रहेको छ’, एसपी तिमल्सिनाले अनलाइनखबरसँग भने ।
पाँच करोड रुपैयाँ भन्दा बढी रकम दाबी गर्दै जाहेरी आए पनि चौधरीविरुद्ध कसले जाहेरी दिएको हो भन्ने प्रहरीले बताएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4