+
+
Shares

प्रकाशित समाचार हटाउने आदेश खारेज

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १७:१८

५ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने भनी यसअघि जारी भएको आदेश खारेज गरेको छ ।

न्यायाधीश श्यामविहारी मौर्यको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेश गरेको निषेधाज्ञाको निवेदन खारेज गरेको हो ।

निवेदन खारेज भएसँगै अर्का न्यायाधीश पिताम्बर शर्माको इजलासले जारी गरेको समाचार हटाउने आदेश पनि स्वतः खारेज भएको छ ।

न्यायाधीश शर्माले धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको बारेमा प्रकाशित समाचार हटाउन आदेश दिएका थिए । आदेश जारी भएपछि बिजमाण्डु र नेपालखबर अनलाइनले सुनुवाइका क्रममा त्यसको प्रतिवाद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?