
५ असार, काठमाडौं । सुजल फुड्स प्रालिले नयाँ ‘वेफ्फी वेफर्स’ प्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार वेफ्फी प्याक अब ठूलो, अझ स्वादिलो र क्रन्ची बनेर बजारमा उपलब्ध भएको छ ।
क्रिमी स्वाद, क्रिस्पी लेयर र रमाइलो अनुभवको सन्तुलन सहित वेफ्फी अब दुई सबैभन्दा रुचाइएका स्वाद स्ट्रबेरी र चकलेटमा उपलब्ध छ ।
१ सय २० ग्रामको यो फ्यामिली प्याकको मूल्य १ सय रुपैयाँ तोकिएको छ । जसले यसलाई बजारको सबैभन्दा सुलभ प्रिमियम वेफर बनाएको कम्पनीको दाबी छ । वेफ्फी विशेषगरी प्रिमियम स्न्याक मन पराउने बालबालिकाका लागि बनाइएको कम्पनीको भनाइ छ ।
साथै, सपिङ मल तथा कन्भिनियन्स स्टोरमा स्वादिलो स्न्याक खोज्ने गृहिणी र अनलाइन तथा ई–कमर्स मार्फत नियमित रूपमा स्न्याक अर्डर गर्ने उपभोक्तालाई पनि लक्षित गरिएको छ ।
१२ महिनासम्म ताजा र क्रिस्पी रहने बनावट, तीन तहको मेटालिक प्याकेजिङ र ‘सेफ्टी ट्रे’ ले सुगन्ध र क्रिस्पीपनलाई अन्तिम बाइटसम्म सुरक्षित राख्ने कम्पनीले जनाएको छ ।
वेफ्फी फ्यामिली प्याक नेपालभरि भाटभटेनी सुपरमार्केट, बिगमार्ट, केकेमार्ट, सेल्सबेरी लगायतमा उपलब्ध छ । त्यस्तै दराज, गिफ्टमान्डु डटकम, स्मार्टडोको डटकम, यार्शाबजार डटकम, बिजबजार डटकम र डिलआयो डटकम जस्ता प्रमुख ई–कमर्स प्लेटफर्म मार्फत पनि खरिद गर्न सकिने छ ।
वेफ्फी अमेरिका, युरोप, अस्ट्रेलिया तथा विभिन्न खाडी देशमा निर्यात भइरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4